समाज

पुस १० देखि चितवन पर्यटन तथा हात्ती महोत्सव हुने

इकागज |
पुस ३, २०८० मंगलबार १६:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ ।​ मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो ।

चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह-आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ ।


पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोराेना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गर्न लागेको बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताए ।

उनले पर्या-पर्यटन सम्बन्धित गतिविधिहरू र स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए । 


Author

थप समाचार
x