समाज

न्यायाधीश पौडेलको निधन

इकागज |
जेठ २१, २०७८ शुक्रवार १५:२६ बजे

काठमाडौँ : कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । 

कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङका न्यायाधीशमा कार्यरत थिए । रासस



Author

थप समाचार
x