समाज

दार्चुलाबाट चोरी र चेक अनादर मुद्दामा फरार दुईजना पक्राउ

इकागज |
पुस ३, २०८० मंगलबार २१:४९ बजे

दार्चुला- नकबजनी चोरी र चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेका फरार २ जना प्रतिवादीलाई दार्चुला प्रहरीले एकै दिनमा पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले सोमबार २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-४ का प्रेमसिंह बुढाथोकी र लेकम गाउँपालिका-१ का एक नाबालक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।


बुढाथोकीलाई २०८० असोज १५ गते चेक अनादर मुद्दामा जिल्ला अदालत दार्चुलाले २ हजार जरिवाना तोकेको थियो भने लेकम गाउँपालिका-१ का नाबालकलाई नकबजनी चोरी मुद्दामा २०७७ माघ १२ गते २० हजार जरिवानासहित १ वर्ष ११ महिना १२ दिन कैद सजाय सुनाइएको थियो। उनीहरूलाई मंगलबार जिल्ला अदालतमा पेस गराइएको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x