समाज

कस्तो हुन्छ आजको मौसम ?

इकागज |
पुस ४, २०८० बुधबार ६:४१ बजे

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।


दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

राति भने देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।  

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


Author

थप समाचार
x