अन्तर्राष्ट्रिय सेफ सोसाइटीको अध्यक्षमा युएईका अरुण अधिकारी निर्वाचित
काठमाडौँ- अन्तर्राष्ट्रिय सेफ सोसाइटीको अध्यक्षमा युएईमा कार्यरत अरुण अधिकारी निर्वाचित भएका छन् । सेफ सोसाइटी युएईकाे निवर्तमान अध्यक्ष समेत रहेका अधिकारीलाई हालै सम्पन्न सेफहरूको अन्तर्राष्ट्रिय कमिटीले अध्यक्षका लागि सर्वसहमतिमा निर्वाचित गरेको हो ।
अधिकारी नेपालमा रामेछाप घर भई विगत ७ वर्षदेखि युएईको राजधानी आबुधावीको सदियात आइलेण्डमा रहेको ५ तारे होटलमा कार्यरत सेफ हुन् ।
नेपाली खाना र परिकारलाई प्रचारप्रसार गर्ने मुख्य उद्देश्यले एकीकृत भएका सेफहरू विभिन्न देशमा रहेका नेपाली सेफहरूलाई एउटै संस्थामा जोड्न अन्तर्राष्ट्रिय रूपमै संस्थालाई विस्तार गर्न लागेका हुन् ।
विभिन्न देशमा रहेका अन्य देशका सेफहरूसँग समेत हातेमालो गर्दै काम गर्ने जनाएको छ । विश्वभरी रहेका सेफहरूलाई संस्थामा आबद्ध भई एकत्रित हुन अध्यक्ष अधिकारीले अनुरोध समेत गरेका छन् ।
अधिकारी एनआरएन युएईको वर्तमान केन्द्रीय सचिव समेत रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया