फेसबुकमार्फत 'ब्लाक मेलिङ' गरी ठगी गर्ने तीनजना पक्राउ
काठमाडौँ- सामाजिक सञ्जालमार्फत ब्लाक मेलिङ गरेर ठगि गर्ने तीन जना चितवनमा पक्राउ परेका छन् । अश्लील भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती माग्ने तीन जनालाई चितवन प्रहरीले बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–१६ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१३ का २० वर्षीय प्रवेश रिमाल, सिराहा स्थित लहान नगरपालिका–१ का १९ वर्षीय युनिक सिंह, पोखरा महानगरपालिका–२९ का २२ वर्षीय अनुराग घिमिरे रहेको चितवन प्रहरीले जानकारी दिएको छ।
उनीहरूले अश्लील भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदिएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए । भिडियो कल गरी झुक्काएर गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सट गरी सो फोटो तथा भिडियो सार्वजनिक गर्ने भन्दै रकम फिरौती लिँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
केटीको फेक फेसबुक अकाउण्ट बनाएर पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लील भिडियो तथा फोटो पठाउने गरेको पण्डितले जानकारी दिए । उनीहरूले कास्कीमा बस्ने मानिसहरूलाई समेत ब्याक मेलिङ प्रहरीले बताएको छ ।
उनीहरूले फिरौती लिएको ७६ हजार रुपैयाँ र चार थान मोबाइल समेत बरामद गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया