आजको मौसम : देशभरको तापक्रम घट्दै
फाइल तस्बिर
काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशभर आंशिक बदली रहनेछ ।
राति भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
शुक्रबार बिहान ६:४० बजे काठमाडौँको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया