Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

समाज

चेक बाउन्स मुद्दामा दाङ उद्योग वाणिज्य संघका सदस्य पक्राउ

इकागज |
पुस ६, २०८० शुक्रबार २०:५६ बजे

रुपन्देही- बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।

बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसुरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुखुरा व्यवसाय गर्दै आएका बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो ।


जिल्ला अदालतले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै सजाय तोकेकोमा बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको र बाँके बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


Author

थप समाचार
x