समाज

अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न आदेश

इकागज |
पुस ६, २०८० शुक्रबार २१:३७ बजे

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संवैधानिक इजलासले आज ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानुन व्यवसायी परिषदको नाममा आदेश गरेको हो ।


खुला विश्वविद्यालयले तय गरेको कानुनको स्नातक तहको पाठ्यक्रम सीमित प्रकृतिको भएको र त्यस क्रममा हुनुपर्ने जति विषयवस्तु नभएको उल्लेख गर्दै परिषदले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यक पर्ने परीक्षामा सामेल हुन दिएको थिएन ।


Author

थप समाचार
x