पठाओ र इनड्राइभका ४८ चालकसहित ७५ मोटरसाइलक नियन्त्रणमा
तस्विरः फाइल फोटो
काठमाडौँ- महानगरीय परिसर काठमाडौँले अफलाइन गर्ने पठाओ र इनड्राइभ चालकलाई नियन्त्रणमा लिएको छ । शनिबार प्रहरीले अफलाइन गर्ने ४८ र ७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ४८ जना व्यक्तिहरूसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएको कारणले अफलाइन ड्राइभ नगर्न अनुरोध गरेको छ । सम्पूर्ण सरोकारवाला तथा चालकलाई आम सर्वसाधारणहरूलाई सचेत महानगरीय प्रहरी परिसरले आग्रह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया