समाज

बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु

इकागज |
पुस ९, २०८० सोमबार १९:५२ बजे

वीरगञ्ज- बाघको आक्रमणबाट पर्सामा एक युवकको ज्यान गएको छ । बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको प्रहरीको भनाइ छ ।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । 


धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x