समाज

तापक्रम घट्ने क्रममा छ, चिसोबाट बच्‍नुहोस् : मौसम पूर्वानुमान महाशाखा

इकागज |
पुस १०, २०८० मंगलबार ६:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 


दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Author

थप समाचार
x