सन्दीपविरुद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै' मा
फाइल तस्बिर
काठमाडौँ- सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौँमा सुरु भएको सुनुवाइको किनारा आज पनि लाग्न सकेन ।
बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।
बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरूले बहस गरेका छन् । सन्दीपका कानुन व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ । २०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि उनीविरुद्धको मुद्दा फैसलाको चरणमा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया