बानेश्वरमा निर्माणाधीन ढलमा पुरिएका मजदुरको उद्धार
काठमाडौँ- काठमाडौँको बानेश्वरमा निर्माणाधीन ढलमा पुरिएका एक मजदुरको उद्धार गरिएको छ ।
मंगलबार राति ११:४३ बजे काठमाडौँ महानगरपालिका-९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको उद्धार गरिएको हो ।
पाँचथर फिदिम नगरपालिका-१२ घर भई गौशाला बस्ने २५ वर्षीय योगेन्द्र लिम्बुको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सेतो पुल जाने बाटोको बीच सडकमा ढल निर्माण भइरहेको बेलामा अचानक माटोको ढिस्को झरेर उनी पुरिएका थिए ।
प्रहरीलाई खबर गरिएपछि गौशालाबाट खटिएको टोलीले उनको उद्धार गरेको थियो । उनको पुरानो बानेश्वरस्थित फ्रान्टलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया