साइबर ब्यूरोको नेतृत्त्व डिआइजीले सम्हाल्ने गरी तयारी गर्दै गृह
काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोमा उच्च जनशक्ति अन्तर्गत प्रहरी नायव महानिरीक्षक (डिआइजी) डिआइजी रहने भएको छ । हाल दरबन्दी डिआइजीको रहे पनि साइबर सुरक्षा तथा साइबर अपराधको क्षेत्रमा अब्बल एसएसपी नवीन्द्र अर्यालको नेतृत्त्वमा रहेको छ । काठमाडौँको भोटाहिटीमा रहेको ब्यूरो (एसएसपी) वरिष्ठ प्रहरी उपरीक्षकको मातहतमा रहेको छ ।
सरकारले मुलुकमा बढ्दो साइबर अपराध र साइबर सुरक्षालाई लक्षित गरी नेपाल प्रहरी संगठनको आवश्यकता महसुस गरी सञ्चालन गर्न सक्ने हालका एसएसपी अर्याललाई बढुवा गरि डिआइजीको नेतृत्त्वमा रहने स्रोतले जनाएको छ । ब्यूरोमा उच्च जनशक्ति र प्रविधियुक्त स्रोतसाधन राख्नुपर्ने भएकाले ब्यूरोमा सम्बन्धित दक्ष अधिकृतलाई नेतृत्व दिने योजना रहेको बताइएको छ ।
साइबर ब्यूरोको नेतृत्त्व डिआइजीको नेतृत्त्वमा गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सोही अनुसारपत्र पठाइसकेको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोको नेतृत्त्व दक्ष डिआइजीको मातहतमा रहनुपर्ने गरी परिपत्र गरेको छ ।
गृह मन्त्रालयले पनि स्वीकृतका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालयको पत्रलाई स्वीकृत गरेर पठाइसकेको पनि स्रोतले बताएको छ ।
साइबर ब्यूरोमा साइबर सुरक्षा सम्बन्धी अध्ययन गरेका र अनुसन्धानमा पोख्त रहेका प्रहरी अधिकृतलाई नेतृत्त्वमा पठाउनुपर्ने स्रोतले उल्लेख गरेको छ । साइबर ब्यूरोमा उच्च प्रविधिको स्रोत साधन भएका काबिल नेतृत्त्व भएको साइबर सुरक्षा सम्बन्धी ज्ञान भएका प्रहरी अधिकृत हुनुपर्ने गृह स्रोतले बताएको छ ।
त्यसैगरी ब्यूरोमा हाल एसएसपी अर्यालले नेतृत्त्व गरिरहेका छन् । उनी साइबर सुरक्षा तथा साइबर क्राइम न्यूनीकरण गर्न अब्बल प्रहरी अधिकृतको रुपमा मानिन्छन् ।
ब्यूरो सञ्चालन गर्न सक्ने हालका एसएसपी नवीन्द्र अर्याललाई बढुवा गरी डिआइजी बनाउने ब्यूरोको नेतृत्त्व सम्हाल्न दिने गृह र प्रहरी स्रोतले बतायाे । ब्यूरोमा उच्च जनशक्ति र प्रविधियुक्त स्रोतसाधन राख्नुपर्ने भएकाले ब्यूरोमा सम्बन्धित दक्ष अधिकारीलाई नेतृत्त्व दिने तयारी रहेको प्रस्ट पारेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोको नेतृत्त्व दक्ष डिआइजीको मातहतमा रहनुपर्ने गरी परिपत्र गरेको छ ।
गृह मन्त्रालयले पनि स्वीकृतका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालयको पत्रलाई स्वीकृत गरेर पठाइसकेको पनि स्रोतले बताएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुबेर कडायतले नेपाल प्रहरीको मातहतमा रहेको जनशक्ति र स्रोतसाधनको विषयमा छलफल चलिरहेको बताए । जनशक्ति तथा कानुनको विषयलाई छलफल भइरहेको उनको भनाइ छ ।
छलफल बाहेक ब्यूरोमा प्रहरीका उच्च अधिकृत पठाउने भनेर छलफल भइसकेको छैन,’ उनले भने,’ उच्च साधनस्रोतसहितको भवन निर्माण भइरहेको छ । आवश्यक जनशक्ति भोलिको दिनमा थप्नुपर्ने हुन सक्छ । अन्य स्रोत साधन पनि थप्नुपर्ने हुन्छ ।‘
ब्यूरोमा जनशक्तिको विषयलाई लिएर महत्त्वका साथ छलफल भइरहेको कडायतको भनाइ छ । जनशक्ति मात्र भएर नहुने तर जनशक्तिको साथसाथै साधनस्रोत चाहिने उनले बताए । जनशक्तिको अभावमा भएका साधनस्रोतबाट काम पनि अँधुरो हुने उनले स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया