आज पनि लाग्न सकेन सन्दीप लामिछानेविरुद्धको मुद्दाको टुंगो
फाइल तस्बिर
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको टुंगो बिहीबार पनि लाग्न सकेको छैन । आज पनि जिल्ला अदालत काठमाडौँमा मुद्दाको सुनुवाइले निरन्तरता पाएको हो ।
सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखेको छ ।
सरकारी वकिल र गौशाला २६ को तर्फबाट कानुन व्यवसायीहरूको बहसपछि बिहीबार सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । बहस नसकिएकाले शुक्रबार पनि सन्दीपका कानुन व्यवसायीहरूले पालो पाउनेछन् ।
सन्दीपका कानुन व्यवसायीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गर्ने पालो आउने र इजलासले निर्णय सुनाउने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया