पाथीभराको भेटी रकम साढे आठ करोड
फाइल तस्बिर
फुङ्लिङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा साढे आठ करोड रुपैयाँको भेटी संकलन भएको छ । भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा रु आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम संकलन भएको छ । पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र रु ६८ लाख ११ हजार एक सय १० भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।
संकलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा रु १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ । खर्च कटाएर बाँकी रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए ।
बैंकमा मुद्दती खातामा रु छ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र रु दुई लाख ५२ हजार चार सय ४० रहेको समितिले जानकारी दिएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया