समाज

प्रहरीले गर्‍यो ४० हजार गाँजाको बिरुवा नष्ट

इकागज |
पुस १३, २०८० शुक्रबार ९:५४ बजे

फाइल तस्बिर

जलेश्वर - महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो ।


कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने  सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए । 


Author

थप समाचार
x