समाज

इपिएस प्रदर्शन

बालकुमारी आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु

इकागज |
पुस १३, २०८० शुक्रबार १४:२७ बजे

काठमाडौँ- रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अर्का एक जना गम्भीर घाइते छन् ।


प्रदर्शनका क्रममा युवाहरूले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले गोली चलाएको छ ।


Author

थप समाचार
x