समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो

इकागज |
पुस १३, २०८० शुक्रबार १७:३१ बजे

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बहस सकिएको छ । शुक्रबारसम्म सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरूले बहस सकिएको हो । पीडित गौशाला २६ ले पनि स्वंयम उपस्थित भई आफ्ना कुरा राखेकी थिइन् ।

सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो । आजै साँझसम्म फैसला आउने सम्भावना रहेको छ ।



Author

थप समाचार
x