समाज

बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरू पक्राउ

इकागज |
पुस १४, २०८० शनिबार १३:५९ बजे

काठमाडौँ- बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।


शुक्रबार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।


Author

थप समाचार
x