समाज

ठाउँ अभावले चिडियाखानामा क्षमताभन्दा बढी वन्यजन्तुहरू राख्नुपर्ने बाध्यता

इकागज |
पुस १४, २०८० शनिबार १५:४७ बजे

काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरू राख्नुपर्ने बाध्यता रहेको गुनासो गरेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले जावलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमताभन्दा बढी वन्यजन्तुहरू राख्नुपर्ने बाध्यता रहेको बताए ।


ओलीले भक्तपुरको सूर्यविनायकमा १५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गरे । उनले बाघ, गैँडालगायतका जंगली जनावरको जनसंख्या बढिरहेको, र मानव बस्ती पनि बढिरहेकाले जंगली जनावरहरूको संरक्षण स्थल अभाव हुँदै गएको बताए । जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको बताए ।

उनले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख बराबरको रकम आवश्यक पर्ने भन्दै जंगली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताए । 


Author

थप समाचार
x