समाज

डुम्रे बजारबाट​ सम्पर्कविहीन विदेशी नागरिक चार दिनपछि भेटिए

इकागज |
पुस १५, २०८० आइतबार २१:४५ बजे

दमौली- तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् । क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् ।

निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक भेटाएर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनले भने, 'प्रहरीले निज जान सक्ने सम्भावित ठाउँहरूको खोजी गर्दै जाँदा घाँसीकुवाको माथिपट्टि रहेको जङ्गलमा भेटाएको हो । उहाँलाई आजै काठमाडौँ पठाएका छौँ ।'


पोखराबाट काठमाडौँ जाने क्रममा ती पर्यटक डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएका थिए । निजको सामान भने सोही दिन काठमाडौँ पुगेको थियो । 


Author

थप समाचार
x