समाज

भिरबाट खसेको ढुङ्गाले लागेर दार्चुलामा महिलाको मृत्यु

इकागज |
पुस १५, २०८० आइतबार २१:५६ बजे

दार्चुला- दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । 

भिरबाट खसेको ढुङ्गाले लागेर दुहुँ गाउँपालिका–२ गोकुल बस्ने ४० वर्षीया दुरीदेवी बडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


आज आइतबार दिउँसो घर नजिकैको सडकमा गिट्टी फुटाउने क्रममा भिरबाट खसेको लागेर बडाल घाइते भएकी थिइन् । उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए ।


Author

थप समाचार
x