समाज

अदालतबाट भागेका थुनुवा पक्राउ

इकागज |
पुस १९, २०८० बिहीबार ११:५७ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतबाट हत्कडीसहित भागेका एक थुनुवा पक्राउ परेका छन् । 

बुधबार काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका विमल खड्कालाई बिहीबार बिहान भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेर जेल चलान भएका उनीविरुद्ध पुन अर्को मुद्दा परेपछि बुधबार अदालतमा लगिएका बेला फरार भएका थिए । 
 


Author

थप समाचार
x