समाज

सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी

इकागज |
पुस २१, २०८० शनिबार १६:३८ बजे

बारा- बारा पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन् । पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् । 

किराना पसल व्यवसाय गर्दै आएका अंसारीले मंसिर १६ गते चार लाख २५ हजारमा सुन भनेर १०/१० ग्रामको पाँच वटा बिस्कुट खरिद गरेका थिए । सुन भनेर किनेको उक्त बिस्कुट गहना बनाउन खोज्दा पित्तल निस्किएपछि अंसारी न्याय खोज्दै प्रहरी कार्यालय पुगेका छन् । 


यादवले ठगीमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउन आग्रह गरे । अंसारीले प्रहरीमा दिएको जाहेरीमा बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा बस्ने ४० वर्षीय विनय थारु चौधरीसँग उक्त धातु खरिद गरेको उल्लेख गरेका छन् । 

थारुले पसलमै आएर आफूसँग १०/१० ग्रामको सुनको पाँच वटा बिस्कुट रहेको र पैसाको खाँचो परेको हुँदा मिलाएर दिने बताएपछि आफूले उक्त धातु खरिद गरेको अंसारीको भनाइ छ । 

आफ्नो चिनजानका महागढीमाई नगरपालिका वडा नम्बर ९ का राजेन्द्र महतोले थारुसँग आफूलाई भेट गराएको र सोही भेटमा थारुले आफूलाई सुन भनेर उक्त धातु बेचेको जानकारी अंसारीले प्रहरीलाई दिए । आफू ठगिएको जानकारी पाएपछि अंसारीले चौधरीविरुद्ध ठगी मुद्दा दर्ता गराएको हो । 

बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले सुन भनेर पित्तल खरिद गर्न पुगेको विषयलाई लिएर प्रहरीमा उजुरी परेको बताए । उपरीक्षक काफ्लेले उक्त धातु सुनजस्तो नदेखिए पनि जाँचका लागि पठाइने जानकारी दिए । न्युज कारखाना

 


Author

थप समाचार
x