समाज

बालुवाभित्र राखेर तस्करी गर्न लागेको एक हजार किलो गाँजासहित पक्राउ

इकागज |
पुस २१, २०८० शनिबार १६:४७ बजे

फाइल तस्बिर

राजविराज (सप्तरी)- बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार छ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा रु ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारी धनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।


यसैगरी, सप्तरीको राजगढ गाउँपालिका-२ झौरा चोकबाट स्रोत नखुलेको रु पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एक जनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । रासस


Author

थप समाचार
x