समाज

हल्ट एट आईओईद्वारा सञ्चालित उद्यमशीलता कुराकानी श्रृंखलामा के-के छन् ?

इकागज |
पुस २२, २०८० आइतबार १४:६ बजे

काठमाडौँ- हल्ट पुरस्कारको लागि आईओईका सबै अन्तर्गत कलेजहरूमा अभिमुखीकरण कार्यक्रमहरू सम्पन्‍न भइसकेका छन् । पुस १७ गते ललितपुरमा र काठमाडौँ इन्जिनियरिङ कलेजमा पनि यस्तो कार्यक्रम गरिएको थियो ।

प्रत्येक अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई हल्ट पुरस्कारको संक्षिप्त जानकारी, अघिल्ला वर्षमा सहभागी भएका विद्यार्थीहरूको अनुभव र प्रतिस्पर्धाको यात्राबारे जानकारी गराइएको थियो । सहभागीहरूका जिज्ञासाहरूको समेत सम्बोधन गरिने जनाएको छ । त्यसपछि इच्छुक विद्यार्थीहरूलाई टोली दर्ताका लागि आग्रह गरिने गरिएको छ ।


अभिमुखीकरण सत्र सकिएपछि, प्रतिस्पर्धीहरूका लागि अर्को चरण हल्ट पुरस्कारको उद्यमशीलता श्रृंखलाका कार्यशालाहरूमा सहभागी गराइने छ । 

यसै क्रममा जनवरी ६ शनिबार हुने दोश्रो मेन्टरिङ सत्र 'स्टार्टअप संस्कृति' जुममार्फत सञ्चालन भएको थियो । फोनपेका उत्पादन व्यवस्थापक अक्षत सक्सेना, पेटीएमका व्यावसायिक विश्लेषक सौर्य सिंह र गुगलका सफ्टवेयर डेभलपर अमोघ सक्सेना यस सत्रका वक्ता थिए ।

यी कार्यशाला सत्रहरूमा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो । प्रत्येक सत्रले प्रतिभागीहरूलाई हल्ट पुरस्कार जित्न सघाउ पुर्‍याउने बताइएको छ । यी कार्यशालाहरू उद्यमशीलता विकास र हल्ट पुरस्कारको लागि तयारीका लागि मार्गनिर्देशन र सल्लाह प्रदान गर्दछन् । प्रतिभागीहरूले आफ्नो मत राख्‍न, छलफल गर्न र आनन्दका साथ प्रतिस्पर्धामा सहभागी हुन पाउँछन् । 

यस वर्ष हल्ट प्राइज एट पुल्चोक क्याम्पसले आयोजक साझेदारको रूपमा टास्केड, राष्ट्रिय वाणिज्य बैंक र प्रोटोजोआ होस्टसँग हातेमालो गरेको छ । 

यी निःशुल्क सत्रहरूमा सहभागी हुनु प्रत्येक प्रतिभागीका लागि अत्यन्त लाभदायक हुने जनाएको छ । समग्रमा उद्यमशीलता श्रृंखला सहज र सफल तरिकाले सञ्चालन हुँदै आएको छ ।


Author

थप समाचार
x