समाज

गाँजा मिसाई केक बिक्री गर्ने एकजना पक्राउ

इकागज |
पुस २२, २०८० आइतबार १६:५८ बजे

काठमाडौँ- प्रहरीले लागूऔषध गाँजा मिसाई केक तयारी गरी अनलाइनमार्फत बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध नियन्त्रण ब्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इन्स्टाग्राममा एकाउन्ट बनाई अवैध लागूऔषध प्रयोग गरी मफिनलगायत केक बनाई अनलाइनमार्फत बिक्री गरेको अभियोगमा काठमाडौँ घट्टेकुलो बस्ने वर्ष २६ का विशन मानन्धरलाई पक्राउ गरेको जनाएको हो ।


विशनले विगत १ वर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाई अनलाइन डेलिभिरीमार्फत अवैध कारोबार सञ्चालन गरेको खुलेको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । उक्त केक प्रयोगकर्ता विशेषगरी होष्टलमा बसेका युवाहरू रहेको देखिएको उनले बताए ।

विशनको घरकोठामा खानतलासी गर्दा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागूऔषध गाँजा ३ केजी ७५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटीएम कार्ड , अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोलालगायत बरामद गरिएको ब्यूरोले जनाएको छ । 


Author

थप समाचार
x