समाज

सर्लाही तनावग्रस्त, मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग

इकागज |
पुस २२, २०८० आइतबार १७:४० बजे

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा सोमबार बिहानसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ ।​

बरहथवामा एक जनाको मृत्यु भएको विषयमा आइतबार पुनः तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबार बिहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको हो । बरहथवा नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर बरहथवा-६ का युवा जयशंकर साहको मृत्यु भएको थियो ।


मृतक साहको शव अहिलेसम्म उठ्न सकेको छैन । सोही घटनालाई लिएर स्थानीयले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा समेत गरेका छन् । कर्फ्यू जारी भए पनि स्थानीयले भने प्रदर्शन गरिरहेका छन् ।

स्थानीयहरूले मेयर कल्पना कुमारी कटुवाललाई कारबाही हुनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, गोली चलाउने र आदेश दिनेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।


Author

थप समाचार
x