समाज

नेटवर्किङमार्फत १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

इकागज |
पुस २२, २०८० आइतबार १९:५१ बजे

काठमाडौँ- नेटवर्किङमार्फत ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय हिमाल राई रहेका छन् । 

उनले नेटवर्किङमार्फत काम लगाई दिने प्रलोभनमा पारेर १५ जनाबाट १६ लाख ९५ हजार रकम लिएका थिए । रकम लिएपछि कार्यालय बन्द गरेर राई सम्पर्कविहीन भएका थिए । 


उनले सामाजिक सञ्जालमार्फत कामदारको माग गर्दै विज्ञापन गरेर काठमाडौँ महानगरपालिका-७ चावहिल, गंगाहिटी, काठमाडौँको महाराजगंज लगायतका विभिन्न स्थानमा भिजन ड्रिमरी प्रालि सञ्चालन गरेका थिए । 

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-५ चपली हाइटको घुम्तीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x