काठमाडौँ जेसीजको ५४ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ- काठमाडौँ जेसीजको ५४ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
पौष २१ गते शनिबार काठमाडौँको चन्डोलस्थित कुन्डलिनी ब्यानक्विटमा आयोजित कार्यक्रममा करिब ५०० जना युवाहरूको सहभागिता थियो । यही मंसिर १६ गतेको साधारण सभाबाट निर्वाचित अध्यक्ष एन्जिला खड्काको टिमको पदस्थापना र पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथि सभामुख देवराज घिमिरे र विशिष्ट अतिथिका रूपमा परराष्ट्र मन्त्री एनपि साउदले सम्बोधन गरेका थिए ।
सभामुख घिमिरेले ५४ वर्षको जेसीजको इतिहासमा दोस्रो युवा महिला नेतृत्वका रूपमा निर्वाचित खड्कालाई बधाई तथा शुभकामना दिँदै हरेक तहमा युवा महिलाहरू नेतृत्वको रूपमा स्थापित गरेर जानुपर्नेमा जोड दिए । साथै मन्त्री साउदले आफ्नो स्थापना कालदेखि नै जेसीजले युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा खुसी व्यक्त गरे।
उक्त कार्यक्रममा विगत लामो समयदेखि अनाथ र मानसिक अवस्था कमजोर भएका व्यक्तिहरूको उद्धारमा महत्वपूर्ण योगदान पुर्याएबापत नेपाल स्नेही काख फाउन्डेसनलाई सम्मान गरिएको थियो भने विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका युवाहरूलाई सम्मान समेत गरिएको थियो । आफ्नो मन्तव्यका क्रममा नवनिर्वाचित अध्यक्ष खड्काले युवा पलायन आजको डरलाग्दो समस्यालाई हल गर्न उद्यमशीलताको विकास र युवामैत्री वातावरण बन्नुपर्नेमा जोड दिइन् ।
साथै युवाहरूको रचनात्मकता र सृजनशीलतालाई विकास गर्न बहु आयामिक पहलकदमीको आवश्यकतालाई औंल्याउँदै राज्य र युवाहरूबीचको प्रभावकारी समन्वय र सहकार्यमा उनले बताइन्
अध्यक्ष खड्का एक सफल युवा उद्यमी हुनुका साथै समाजसेवी पनि हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया