समाज

काठमाडौँ जेसिजको पदस्थापन सम्पन्‍न

इकागज |
पुस २३, २०८० सोमबार १२:३६ बजे

काठमाडौँ- काठमाडौँ जेसिसको ५४ औँ पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिवार चन्डोलस्थित कुन्डलिनी ब्याङ्क्वेटमा काठमाडौँ जेसिजको पदस्थापन सम्पन्न भएको हो ।

सभामुख देवराज घिमेरे र विशिष्ट अतिथिको रूपमा नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय एन पि साउदले सम्बोधन गरेका थिए । ५४ वर्षको जेसिसको इतिहासमा दोश्रो युवा महिला नेतृको रुपमा निर्वाचित एन्जिला खड्कालाई बधाइ तथा शुभकामना दिदै हरेक तहमा युवा महिला नेतृत्वको रुपमा स्थापित गरेर जानुपर्नमा सभामुख घिमिरेले जोड दिए ।


विशिष्ट अतिथि एन पि साउदले आफ्नो स्थापना काललदेखी नै जेसिसले युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा खुसी ब्यक्त गरे ।

उक्त कार्यक्रममा बिगत लामो समय देखि अनाथ र मानसिक अवस्था कमजोर भएका ब्यक्तिको उद्दारमा महत्वपूर्ण योगदान पुर्याए बापत नेपाल स्नेहि काख फाउन्डेशनलाई सम्मान गरिएको थियो र विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका युवालाई समेत सम्मान गरिएको थियो ।

मंसिर १६ गते को साधारण सभाबाट निर्वाचित अध्यक्ष एन्जिला खड्का निर्वाचित भएकी थिइन् । अध्यक्ष खड्काले युवा पलायनको आजको समस्यालाई हल गर्न उद्यमशीलताको बिकास र युवामैत्री वातावरण बन्नुपर्नेमा जोड दिइन् ।

साथै अध्यक्ष खड्काले युवाहरूको रचनात्मकता र सृजनशिलतालाई बिकास गर्न बहुआयमिक पहलकदमिको आवश्यकतालाई औल्याउँदै राज्य र युवाहरुबिच प्रभाबकारी समन्वय र सहकार्य हुनुपर्ने बताइन् । अध्यक्ष खड्का एक सफल युवा उद्यमी हुनुका साथै समाजसेवी पनि हुन् ।

त्यसैगरी काठमाडौँ जेसिसको ५४ औ पदस्थापन कार्यक्रममा सर्वसम्मत रुपमा भाइस प्रेसिडेन्टमा युवा समाजसेवी सुदर्शन अधिकारी निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x