काठमाडौँबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ
काठमाडौँ- प्रहरीले ४७ किलो चाँदीसहित काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ ।
कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलविजकबिना चाँदीका गरगहनाहरू राखेर बिक्री गरेको सूचनाका आधारमा विभिन्न ठाउँमा छापा हानेको थियो । त्यस क्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया