मानवअधिकार आयोग अगाडिबाट तीन प्रदर्शनकारी पक्राउ
फाइल तस्बिर
काठमाडौँ- आरती शाहको हत्या विषयमा मानवअधिकार आयोग अगाडि विरोध प्रदर्शनमा उत्रिएका तीन जनलाई प्रहरीले पक्राउ गरेको छ ।
आयोगलाई खबरदारी गर्न गएको समूहलाई आयोग पदाधिकारीले भेट्न नमानेपछि उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई ललितपुर प्रहरी परिसरमा राखेर केही बेरपछि छोडिएको थियो ।
प्रदर्शनकारीले आरती शाहको हत्यालाई लिएर आयोगले तयार पारेको प्रतिवेदन जलाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया