नेपालीहरू किन विदेश जान्छन् ?
तस्विरः फाइल फोटो
काठमाडौँ- अध्यागमन विभागले वर्षभरिमा कति संख्यामा नेपालीहरू विदेश जान्छन् भनेर तथ्यांक सार्वजनिक गरेकाे छ । विभागले सन् २०२३ मा मात्र कुल १६ लाख ३ हजार ८३६ जना विदेश गएको संख्या सार्वजनिक गरेको हाे ।
११ लाख ७१ हजार १८६ जना पुरुष र ४ लाख ३२ हजार ५८४ महिला विभिन्न उद्देश्यका लागि विदेश गएका छन् ।
सबैभन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि जाँदा रहेछन् । यस वर्ष मात्र ८ लाख ८ हजार ४१५ जना रोजगारीमा गएको विभागले उल्लेख गरेको छ । विद्यार्थी भिसामा मात्र १ लाख ८ हजार ५४२ जनाले मुलुक छोडेका छन् ।
तर, धेरैलाई लाग्न सक्छ यतिका नेपालीहरू के का लागि विदेश गइरहेका छन् ? देश छोड्नुमा मानिसका विभिन्न उद्देश्य हुन्छन् । विभागका अनुसार नेपालीहरू वैदेशिक रोजगारी र पर्यटकका रुपमा विभिन्न मुलुक पुग्ने गरेका छन् ।
अधिकांश नेपालीहरू विदेशमा रहेका आफन्तलाई भेटघाट गर्न जाने गरेकाे विभागले जनाएको छ । विदेशस्थित विभिन्न विश्वविद्यालय जाने गर्छन् । अस्थायी र स्थायी बसोबासका लागि पनि नेपालीहरू विदेश जाने गरेका छन् ।
विभागले जारी तथ्यांकमा विदेशस्थित विभिन्न सभा तथा सम्मेलनमा भाग लिन जाने उल्लेख छ । नेपालीहरू श्रीमान् वा श्रीमतीको रुपमा पनि विदेश जाने गरेका छन् । विदेशस्थित सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पनि जान्छन् ।
धेरै नेपालीहरूले स्वदेशमा मात्र व्यापार गरेका छैनन् । उनीहरूले विभिन्न मुलुकमा आफ्नो व्यापार तथा व्यवसाय विस्तार गरेका छन् । अहिले केही नेपालीहरू व्यापारको लागि पनि जान्छन् । सरकारी तथा गैह्र सरकारी कार्यालयबाट विभिन्न प्रयोजनका लागि विभिन्न उद्देश्यका लागि विदेश जाने गरेका छन् ।
त्यसैगरी, श्रम स्वीकृत लागि पनि धेरै मानिसहरू विदेश गएका छन् । युएन मिसनमा सहभागी हुन सुरक्षाकर्मीहरू जाने गरेका छन् ।
खेलकुदमा र साङ्गीतिक कार्यक्रममा सहभागी हुन धेरै नेपालीहरू एसियाली तथा युरोपेली मुलुक जाने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया