पशुपति परिसरमा भक्तजन आमाहरूका लागि स्तनपान कक्ष
काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष सञ्चालनमा आएको छ । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने आमाहरूलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो ।
स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले उद्घाटन गरिन् । स्तनपान कक्षको शुभारम्भ भएसंगै स्तनपान गर्ने बालबालिकाहरूलाई लिएर पशुपति पुगेका आमाहरूलाई ठूलो मद्दत पुग्ने राज्यमन्त्री ठकुरीले बताइन् ।
पशुपतिनाथको दर्शन गर्न आउनेलाई भक्तजनको अनुरोधमा आवश्यक सेवा सुविधा थप गर्दै जाने कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया