समाज

न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको एकै पटक सरुवा

इकागज |
पुस २४, २०८० मंगलबार १८:३३ बजे

काठमाडौँ- न्याय सेवा आयोगले एकै पटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृत स्तरका कर्मचारी सरुवा गरिएको हो ।


आयोगमा प्रधानन्यायाधीश श्रेष्ठ अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता दिनमणि पोखरेल छन् ।


Author

थप समाचार
x