समाज

मधेश प्रदेश​ प्रहरी प्रमुखमा डीआईजी यज्ञ विनोद पोखरेल

इकागज |
पुस २४, २०८० मंगलबार २०:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् । सोही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा कार्यरत डीआईजी यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरुवा गरिएको छ ।


यसअघि पोखरेल रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) बनेर गइसकेका छन् । उनी मधेश प्रदेशको राजनीति, भूपरिवेश, त्यहाँ भए गरेका घटना तथा प्रदेशबारे राम्रो जानकार भएकाले उनलाई यहाँ सरुवा गरिएको बताइएको छ । 

मधेश प्रदेश​मा घटित पछिल्ला घटना क्रमलाई हेर्दा डीआईजी पोखरेलले सकारात्मक अवस्थाको सिर्जना गर्न सक्ने आकलन पनि गरिएको छ । 

उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जमा कार्यररत रहँदा ललिता निवास, सुन काण्ड जस्ता ठूला-ठूला संगठित भ्रष्टाचार तथा अपराधको सफल  अनुसन्धान गरिसकेका छन् । ​मधेश प्रदेशमा हाेस् वा सीआईबीमा उनले आफ्नो कार्यकालमा एउटा कुशल नेतृत्वको रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । त्यसैले पनि डीआईजी​ पोखरेललाई मधेश प्रदेशमा सरुवा गर्दा प्रदेशमा हाल भड्केको द्वन्द्व अन्त्य भई शान्ति सुरक्षा कायम हुने आशा गरेर त्यहाँ पठाइएको अड्कल लगाउन सकिन्छ । 


Author

थप समाचार
x