बालकुमारी घटनामा ज्यान गुमाएका सुजनको परिवारलाई गाउँपालिकाले दियो ५० हजार
दैलेख- बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । पालिकावासीको पीडामा आर्थिक सहयोग गरेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी पाण्डेले बताइन् ।
सुजनको परिवारलाई यसअघि सङ्घ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।
गएको पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुदन र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया