Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

समाज

कस्तो हुन्छ आजको मौसम ?

इकागज |
पुस २७, २०८० शुक्रबार ६:४३ बजे

काठमाडौँ- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्नुका साथै देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।


दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Author

थप समाचार
x