नागरिक कर्तव्यलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर
फाइल तस्बिर
काठमाडौं - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौँ भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गरेका छन् ।
‘म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर संकलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस अभियानले स्वाभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै समाज रुपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसेकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए ।
नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मुल गेट, केशर महल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्न भएको थियो । उक्त दौडमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ, द्वितीय हुनेलाई २५ हजार रूपैयाँ, तृतीय हुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया