अयोध्या राम मन्दिरको ४६ मध्ये १८ ढोका सुनका
अयोध्या- राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् ।
गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन् । मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ । यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ ।
अयोध्यामा बनिरहेको राम मन्दिरमा सुनको ढोका लगाइँदैछ । यो ढोका करिब १२ फिट अग्लो र ८ फिट चौडा छ । राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् । गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन् । मन्दिरको पर्खाल राजस्थानको बन्सी पहारपुरको नक्काशीदार ढुङ्गाबाट बनाइएको छ । राम मन्दिरको ढोका महाराष्ट्रको सागौन काठबाट बनेको छ । यो ढोका एक हजार वर्षसम्म उस्तै रहनेछन् ।
हैदराबादका कारीगरहरूले महाराष्ट्रको सागौन काठबाट राम मन्दिरको ढोका बनाइ रहेका छन् । यी ढोकाहरूमा सुन लगाउने काम दिल्लीमा भइरहेको छ । राम मन्दिरमा जम्मा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटामा १०० किलो सुनको लेप हुनेछ ।
राम मन्दिरमा नक्काशीदार ढोकाहरू जडान भइरहेका छन् । यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ । राम मन्दिरको ढोका महाराष्ट्रको सागौन काठबाट बनेको छ । गत सोमबार पहिलो ढोका जडान गरिएको थियो ।
अयोध्याको राम मन्दिरमा सुनको ढोका लगाउने काम धमाधम भइरहेको छ । यसैबीच पहिलो सुनौलो ढोकाको पहिलो तस्बिर बाहिर आएको छ । यो ढोका रामलालाको गर्भगृहको मुख्य ढोका हो । माघ २२ गते प्रभु भव्य दरबारमा बस्नुअघि ढोका जडानको काम पूरा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया