समाज

भालुवाङ बस दुर्घटनामा साहित्यकार एवं वामपन्थी चिन्तक ताराकान्त पाण्डेयको मृत्यु

इकागज |
पुस २८, २०८० शनिबार २१:४४ बजे

काठमाडौँ- समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको बस दुर्घटनामा मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा दाङको भालुवाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो ।​

प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । उनी हाल मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।


पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो ।

उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरू प्रकाशित थिए ।


Author

थप समाचार
x