समाज

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

इकागज |
जेठ २३, २०७८ आइतबार १५:१३ बजे

सुर्खेत : दैलेखको गुँरास गाउँपालिकाले फिरन्ते जीवन बिताउँदै आएका लोपन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरिएको छ ।  गाउँपालिकाले आज विज्ञप्ती जारी गर्दै कडा कारबाहीको माग गरेको हो । 

राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको गाउँपालिकाले विज्ञप्ती मार्फत घटनामा संलग्न दोषीमाथि छानविन गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको छ ।


गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जारी गरेको विज्ञप्तीमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्‍न सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल संञ्चालक सहित तीन जनालाई प्रकाउ परेका छन् । राउटे युवतीलाई स्थानीय युवाले मादक पर्दाथ सेवन गराएर होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरूलाई प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका चमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल संञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x