समाज

१५ दिनसम्म चल्ने त्रिवेणी मेला सोमबारबाट सुरु

इकागज |
माघ १, २०८० सोमबार १७:१८ बजे

काठमाडौँ- उदयपुरको कटारी नगरपालिका खोक्सामा १५ दिनसम्म चल्ने त्रिवेणी मेला सोमबारबाट सुरु भएको छ ।

बर्सेनि लाग्ने मेला माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने गर्दछ । कमला, तावा र ककरु नदीको संगम स्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रूपमा परिचित छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपन्क्षी बलि दिइ पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको छ ।


त्रिवेणीमा मकर नुहाउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङलगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेका छन् ।

खासगरी त्रिवेणी मेलाको पहिचान भनेको हिमाली भेगको राडीपाखी, भोटे कुकुर र तराईका घोडाको व्यापार हो । दुई दशकअघिसम्म हिमाली जिल्लाबाट राडीपाखी र भोटे कुकुरका छाउरा बिक्री गर्न ल्याइन्थ्यो भने तराईबाट घोडाको व्यापारी आउने चर्चित यो मेलामा हिजोआज परम्परागत सामग्रीको व्यापार हुन छाडेको छ ।


Author

थप समाचार
x