रौतहटका सबै सरकारी निकायलाई नेपाल सम्वत् उल्लेख गर्न निर्देशन
रौतहट- रौतहटस्थित सबै सरकारी निकायलाई नेपाल सम्वत् उल्लेख गर्न निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्र अनुसार जिल्लाको सबै १८ वटै स्थानीय तह र सबै सरकारी कार्यालयले नेपाल सम्वत् लेख्न निर्देशन दिएको हो ।
हिजो सोमबार माघ १ गतेदेखि ती निकायहरूले विक्रम सम्वत् लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत मणि भुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया