समाज

चितवनको मानव सेवा आश्रममा आश्रित पुरुषको मृत्यु

इकागज |
माघ ४, २०८० बिहीबार १०:४१ बजे

फाइल तस्बिर

चितवन - चितवनको भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ ।

अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो । परियारको बुधबार बिहान ९ः४५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।


उनको मृत्युको कारण खुलेको छैन । मानव सेवा आश्रमले सडक पेटीमा भेटिएका असहाय एवम् अशक्तलाई उद्धार गरी संरक्षण दिँदै आएको छ ।


Author

थप समाचार
x