समाज

गुल्मीकी मनीषा जिसीले एकैपटक निकालिन् लोकसेवाको पाँच पदमा नाम

इकागज |
माघ ४, २०८० बिहीबार १३:२ बजे

काठमाडौँ - गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको परीक्षामा एकै वर्ष पाँच पदमा नाम निकालेकी छिन् । 

धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी जिसीले विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएकी हुन् ।


उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छिन् । 

 स्टाफ नर्स उतीर्ण गरेकी उनले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष करारमा काम गरिन् ।

उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा संकायमा अध्ययन पनि गर्छिन् । 


Author

थप समाचार
x