बहुला स्यालको टोकाइबाट गढीमाईमा १२ जना घाइते
फाइल तस्बिर
रौतहट - बहुला स्यालको टोकाई बाट रौतहटको गढीमाई नगरक्षेत्र अन्तर्गत महिला बालबालिकासहित १२ जना मानिस घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एक जना महिलालाई वीरगंज रेफर गरिएको छ।
गढीमाई नगरपालिका-७ का स्थानीय गोठालाहरू बिहीबार साँझ घाँस काट्न खेतमा गएको बेला उखुघारीबाट एक्कासि आएको बहुला स्यालले आक्रमण गरी महिला बालबालिकासहित १२ जनालाई घाइते बनाएको हो।
बहुला स्यालको टोकाइबाट गढीमाई नगरपालिका वडा ७ को वर्ष ७० का महेन्द्र महतो, ४५ वर्षकी मन्तोरिया देवी, ६० वर्षकी तेतरी खातुन, ४० वर्षकी जयबुल खातुन, १५ वर्षकी मनिषा कुमारी, ५५ वर्षकी उषा देवी, २७ वर्षका रामाविनय बैथा, ३५ वर्षकी दुखीया देवी,३० वर्षकी बिना देवी, ९ वर्षको श्रावण कुमार, ७२वर्षकी सिकीलावा देवी, ७० वर्षका जयल मुखियालाई घाईते बनाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमा प्रकाश खनालले बताएका छन् ।
स्यालको आक्रमणबाट गढीमाईको धर्मपुर, धनहारी र लक्ष्मीपुर टोल, मुसहरी टोलका महिला पुरुष बालबालिका घाइते बनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी ६०की तेतरी खातुनलाई रातिनै एम्बुलेन्सबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज पठाइएको थियो। खातुनको नाक मुखमा गहिरो खत बनाएकाले प्रादेशिक अस्पताल गौरमा गएराति सामान्य उपचारपछि नेशनल मेडिकल वीरगञ्ज पठाइएको डिएसपी खनालले जानकारी दिएका छन्।
स्यालले टोकेपछि लगाइने खोप स्थानीय अस्पतालमा उपलब्ध नभएकाले घाइते सबै जनालाई प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।
घाइतेमध्ये अधिकांश हाल प्रादेशिक अस्पताल गौरमा रहेका छन् भने केही बिरामी उपचारपछि घर फर्कीसकेका छन्। स्यालले जथाभावी टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
स्यालको टोकाइबाट दुई वर्ष अघि गरुडाका एक जना युवकको मृत्यु भएको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया